ताजा समाचार

एमाले उम्मेदवार राेकायाकाे पहिलो प्रतिबद्धतामै हिमाली विशेष सुरक्षा बल

विष्णु देवकोटा

डोल्पा । प्रतिनिधि सभा उम्मेदवार लंक बहादुर रोकायाले आफ्नो पहिलो प्रतिबद्धता पत्रमै उच्च हिमाली क्षेत्रका लागि हिमाली विशेष सुरक्षा बल गठनको विषय अघि सारेका छन्।

प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै संसदमा उठाउने पहिलो आवाज यही विषय हुने उल्लेख प्रतिबद्धता पत्रमा गरिएको छ।

वर्षभरि कार्य गर्न सक्ने विशेष सुरक्षा संरचना आवश्यक रहेको उनको भनाइ छ।प्रतिबद्धता पत्रमा हिमाली जिल्लाको भौगोलिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख छ।

अत्यधिक उचाइ छ।कठोर मौसम छ।दुर्गम भू–भाग छ।रोकायाले हालको सुरक्षा व्यवस्था पर्याप्त नभएको जनाएका छन्।मौसमी रूपमा मात्र सुरक्षा उपलब्ध हुँदै आएको उल्लेख छ।यसले स्थानीय बस्तीमा असुरक्षा बढाएको भनिएको छ।पहिलो प्रतिबद्धतामा तीन प्राथमिकता तोकिएका छन्।

उच्च हिमाली क्षेत्रमा रहेका गुम्बा, विहार तथा ऐतिहासिक–धार्मिक सम्पदाको सुरक्षा।उच्च हिमाली बस्तीमा वर्षभरि शान्ति र सुरक्षा सुनिश्चितता।उत्तरी नाकाबाट हुने अवैध कारोबार, तस्करी तथा सीमा अपराध नियन्त्रण।

हिमाली विशेष सुरक्षा बल नेपाल सरकारअन्तर्गत गठन गर्नुपर्ने प्रस्ताव प्रतिबद्धता पत्रमा उल्लेख छ।नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा नेपाली सेनामध्ये कुनै एक संरचनाभित्र।

उच्च हिमाली वातावरण अनुकूल जनशक्ति छनोट।विशेष तालिम।स्थायी क्याम्प स्थापना।यसबाट हिमाली क्षेत्रमा राज्यको स्थायी उपस्थिति देखिने उल्लेख गरिएको छ।सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षण हुने अपेक्षा गरिएको छ।

सीमा सुरक्षा सुदृढ हुने भनिएको छ।राष्ट्रिय सार्वभौमिकता थप बलियो हुने दाबी गरिएको छ।

उक्त विषयमा कानुन निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि रोकायाको पहिलो प्रतिबद्धता पत्रमै समेटिएको छ।

आसन्न फागुन २१ मा हुने आम निर्वाचनमा उम्मेदवार बनेर चुनावी प्रचारप्रसारकाे क्रममा मतदाताहरुकाे घरदैलाेमा ब्यस्त भइरहेकै चरणमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका राेकाया दाेर्साे उम्मेदवारकाे रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।

यसअघि प्रेसर कुकर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारकाे रुपमा चुनावी मैदानमा रहेका ओमेन्द्र केसीले पत्रकार सम्मेलन मार्फत डाेल्पाली जनता माझ आफ्नाे चुनावी प्रतिबद्धताका साथ घाेषणापत्र सावर्जनिक गरेका थिए ।नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पाटी लगायतका अन्य दलका उम्मेदवारहरुले अहिले सम्म प्रतिबद्धता सहितका घाेष्णापत्र सार्वजनिक गरेका छैनन् ।

तपाईको प्रतिक्रिया