डोल्पान्युज
डोल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोल्पाको सोमबार बसेको बैठकले प्रतिनिधि सभा, समानुपातिक सूची तथा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले डोल्पाबाट केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एकल नामका रूपमा सिफारिस गरेको जनाएको छ।
यस्तै, प्रतिनिधि सभा समानुपातिक ९एच्०तर्फका लागि तीन जनाको नाम केन्द्रमा पठाइएको छ। सिफारिसमा पूर्व जिल्ला पार्टी सभापति टंकप्रसाद उपाध्याय, जय कुमारी शाही र मादेवी न्यौपाने रहेका छन्।
आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पनि कांग्रेस डोल्पाले तीन जनाको नाम सिफारिस गरेको छ। दूधकुमारी हमाल, राजिमान सार्की र जुना मिजारलाई उम्मेदवारका रूपमा अघि सारेको छ। हमाल पूर्व संविधानसभा सदस्य समेत रहिसकेकी छन्।
बैठकले केन्द्रीय निर्देशनअनुसार वडा, पालिका र जिल्ला अधिवेशन समयमै सम्पन्न गर्ने तथा नवीकरणका लागि आएका क्रियाशील सदस्यताहरुलाई अनुमोदन गरी केन्द्रमा पठाउने निर्णय गरेको जिलाका पार्टी सचिव हिक्मतबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार पार्टी गतिविधि निरन्तर सञ्चालन गर्दै आगामी निर्वाचनका लागि संगठनलाई थप सुदृढ बनाउने विषयमा बैठकमा व्यापक छलफल भएको छ।

डोल्पा न्यूज । २२ मंसिर २०८२, सोमबार १८:०६