ताजा समाचार

देशभरका स्थानीय तहलाई चेतावनी : विवाहदेखि मनोरञ्जनसम्म सरकारी सवारी दुरुपयोग

विष्णुप्रसाद देवकोटा

सरकारी साधन निजी प्रयोजनमा दुरुपयोग भएको उजुरी बढ्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहलाई कडाइका साथ सचेत गराएको छ।

‘हेलो सरकार’मा दर्ता भएका उजुरीअनुसार स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षदेखि कर्मचारीसम्मले विवाह, ब्रतबन्ध, मलामी, निजी भ्रमण, पारिवारिक काम र मनोरञ्जनजस्ता गतिविधिमा समेत सरकारी सवारी प्रयोग गर्ने गरेको उल्लेख छ।

उजुरीमा इन्धन, चालक भत्ता तथा मर्मत खर्च शीर्षकमा अनधिकृत भुक्तानी लिइएको, नियमविपरीत सुविधा उपभोग गरिएको तथा सरकारी स्रोत–साधन व्यक्तिगत स्वार्थमा लगाइने गरेको आरोप लगाइएको छ।

यस्ता गुनासाे बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई सरकारी सवारी साधनको दुरुपयोग रोक्न, स्रोत–साधन पारदर्शी रूपमा सञ्चालन गर्न र लागू नियम–कानुन कडाइका साथ पालन गर्न निर्देशन दिएको छ।डाेल्पाका केही नाम चलेका  स्थानीय तहले कार्यालय कामकाजको लागि प्रत्येक वडा कार्यालयमा बाईक खरिद गरेर लाखौं खर्च गरेका छन ।

समय सदुपयोग गर्न र जनताकाे कामकाज छिटाेछरिताे गर्ने प्रयाेजनकाे लागि ठिक पनि हाे ।तर कार्यालयीय कामकाजमा र कार्यालय समयमा मात्र प्रयाेग गर्नु पर्ने माेटरसाईकल आफ्नै पैत्रिक सम्पत्ति जस्ताे गरेर २४ सै घण्टा प्रयाेग गरिरहेकाे सर्ववितितै छ ।

माेटर साईकल पनि वडा कार्यालयमा नराखी आफ्नै निजि निवासमा राख्ने गरेका छन ।याे बेतिथि र अनियमितताले झनै सुशासनकाे धज्जि उडाएकाे छ ।अब डाेल्पा जिल्लामा यसबारे पनि निगरानी गरिनु पर्छ ताकी सरकारी सम्पत्ति माथिकाे दरुप्याेग राेक्न आवश्यक देखिन्छ ।यस सम्बन्धि मुद्दा पनि सम्बन्धित निकायमा पुर्याउनु आबश्यक छ ।

तपाईको प्रतिक्रिया