डाेल्पान्युज
डाेल्पा। नेकपा एमाले डोल्पा जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गतेका लागि तीन जनाको नाम सिफारिस गरेको छ। डोल्पाको सदरमुकाम दुनैमा सम्पन्न नेकपा एमाले डोल्पाको सातौँ पूर्ण बैठकबाट व्यापक छलफलपछि उम्मेदवार छनोटका लागि तीन जनाको नाम सिफारिस गरिएको हो।
कार्यकर्ताहरूबीच भएको विस्तृत छलफलपछि पार्टी अध्यक्ष लङ्कबहादुर रोकाया, केन्द्रीय सदस्य तथा महिला नेत्री बदमी क्वारी बोहोरा र प्रदेश सदस्य तथा समावेशी कोटाबाट पूर्णबहादुर डागीलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला कमिटीले सिफारिस गरेको छ।
जिल्लाका नेता तथा कार्यकर्ताहरूले एकल उम्मेदवार सिफारिस गर्न दबाब दिए पनि तीनै उम्मेदवारबीच आपसी सहमति हुन नसकेपछि अन्ततः तीन जनाकै नाम केन्द्रमा सिफारिस गरिएको नेकपा एमाले डोल्पाले जनाएको छ।

डोल्पा न्यूज । २१ पुष २०८२, सोमबार १६:५५