ताजा समाचार

डाेल्पामा मितेरी नेपाल पाटीकी उम्मेदवार भण्डारीले गरिन कांग्रेस प्रवेश

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मुखैमा ठुलिभेरी नगरपालिका–३ दुनैको चुनावी मैदानमा ठूलो राजनीतिक तरंग देखिएको छ। मितेरी नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी जुनु भण्डारीले आफ्नो उम्मेदवारी त्याग्दै नेपाली कांग्रेसमा औपचारिक प्रवेश गरेकी छन्।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिस्पर्धामा होमिएकी भण्डारीलाई नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्ण बुढा ले अविर, माला र राजनीतिक विश्वाससहित भव्य स्वागत गरेका छन्।

कांग्रेस प्रवेशसँगै भण्डारीले ठुलिभेरी–३ मा कांग्रेसको चुनावी आधार थप सुदृढ भएको सन्देश दिएकी छन् भने यस घटनालाई चुनावी समीकरण बदलिने निर्णायक मोड का रूपमा हेरिएको छ।

यसअघि उम्मेदवारी दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र गरी अब ८ जना उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, अन्तिम समयमा भएको यो प्रवेशले मतदाताको मनोविज्ञानमा गहिरो प्रभाव पार्ने र चुनावी परिणाममा निर्णायक भूमिका खेल्न सक्ने आँकलन गरिएको छ।

तपाईको प्रतिक्रिया