ताजा समाचार

जिम्मेवारी मेरो, श्रेय अरूको’ : एक सिभिल इन्जिनियरको यथार्थ कथा

प्रकाश बुढा

‘जिम्मेवारी मेरो, श्रेय अरूको’ : एक सिभिल इन्जिनियरको यथार्थ कथा

म सिभिल इन्जिनियर हुँ

तिमी हिड्ने बाटो बनाउँछु

खोला, खोल्सी परेछ्न भने पुल बनाउँछु

तिमी बस्नलाई घर बनाउँछु

घरमा जोड्ने खानेपानी बनाउँछु

तिम्ले खेतवारी किनेछौ भने भन्नू

सिंचाइ गर्न नहर बनाउँछु

तिम्लाई उड्न मन लागे भन्नू

तिम्रा लागि एर्पोट बनाउँछु

गुड्न मन लागे भन्नू

सडक बनाउँछु

तिमिलाई मनमा लागेको भन्नू

हरेक संरचना म बनाउँछु

किनकि

म सिभिल इन्जिनियर हुँ ।।

तर

मेरो ज्ञान सिप थाँती राखेर

मैले धेरैका कुरा सुन्नु छ

संघ र प्रदेश बाट माननीयका कुरा

स्थानीय तह छिरे अध्यक्षका कुरा

वडामा छिरे वडा अध्यक्ष कुरा

गाउँ छिरे वडा सदस्यका कुरा

बाटोमा भेटे कार्यकर्ताका कुरा

भन्छ्न बजेट मैले हाल्दिएको

हाम्रा नेताले हाल्दिएको

मैले भनेर परेको

हामिले जे भन्यो त्यही हुनुपर्छ

हावामा भनेपनि घर बनाइदिनै पर्छ

जस्तो गरेपनि ठिक छ भनिदिनै पर्छ

नत्र मुक्का खान पनि सकिन्छ

किनकि

म सिभिल इन्जिनियर हुँ।।

सयौं योजना हुन्छन्

चौबीसै घण्टा साइटमा बस्न सकिन्न

कति बेला कस्ले आँखा छल्छ भन्न सकिन्न

भगवान भरोसा टिकेकै छ

राम्रो बनेछ भने अर्कैको नाम गाँसिन्छ

पुलको खम्बामा अर्कैको नाम टाँसिन्छ ।

वाहा ! कस्तो राम्रो बनाएछ

सामान्य ज्ञानमा पनि सोधिन्छ

कसको पालामा बनेको??

तर मेरो नाम कतै जोडिन्न

किनकि

म सिभिल इन्जिनियर हुँ।।

जब काम बिग्रन्छ, भत्किन्छ

अनि समाजले मलाई सम्झिन्छ

कुन इन्जिनियरले बनाएको ??

कति घुस खाएर बनाएको?

कसरी काम पास गरे होला ??

सम्पूर्ण जिम्मेवार मेरो मात्रै हुन्छ

बिग्रे भत्के सँगै

खम्बामा टाँसिएको नाम हराउँछ

मैले बजेट हाल्दिएको भन्ने  हराउँछ

हाम्रा भन्दै छाती फुलाउँदै हिड्ने हराउँछ

तर जे भएपनि गल्ती मेरै हुन्छ

सजाय पनि मैले मात्रै भोग्नु पर्छ

किनकि

म सिभिल इन्जिनियर हुँ ।।

रचनाकार पूर्वाधार विकास कार्यालय डोल्पामा कार्यरत छन ।

तपाईको प्रतिक्रिया