ताजा समाचार

मतदान केन्द्र कब्जाकाे विगत दोहोरिन नदिने कांग्रेस उम्मेदवार बुढाकाे चेतावनी 

डोल्पा ।नेपाली कांग्रेस डाेल्पाका उम्मेदवार कर्ण बुढाले विगतमा मतदान केन्द्र कब्जा गर्ने, एक जनाले मात्र भोट हाल्ने धाकधम्की दिने विगत दाेहाेरिन नदिने बताएका छन ।आसन्न फागुन २१ हुने निर्वाचनको मिति नजिकिदै जांदा विगतमा भएका  अलोकतान्त्रिक प्रवृत्तिको चर्चा भइरहेका बेला नेपाली कांग्रेसका डोल्पा जिल्लाका उम्मेदवार कर्णबहादुर बुढाले लोकतान्त्रिक अधिकारको रक्षा गर्न कटिबद्ध भएकाे सामाजिक सन्जाल मार्फत बताएका हुन।

बुढाले जारी गरेको सन्देशमा लोकतन्त्रमा नागरिकको मताधिकार कसैको डर, धम्की वा दबाबमा कुण्ठित हुन नहुने स्पष्ट उल्लेख गर्दै, यदि मतदान प्रक्रियामा कुनै पनि किसिमको अवरोध, त्रास सिर्जना वा गैरकानुनी गतिविधि देखिए तत्काल जानकारी गराउन समेत अनुरोध गरेका छन्।

डोल्पामा विगतका केही निर्वाचनमा देखिएका अलोकतान्त्रिक अभ्यास पुनः दोहोरिन सक्ने आशंका व्यक्त भइरहेका बेला उनले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त मतदान वातावरण सुनिश्चित गर्न नागरिक सचेतना अपरिहार्य रहेको आफ्नाे फेसबुकवालमा उल्लेख गरेका छन।

उनले लोकतन्त्र बलियो बनाउन मतदाता स्वयं जागरुक हुनुपर्नेमा जोड दिँदै, डरको राजनीतिभन्दा जनताको मतबाट निर्णय हुने संस्कार स्थापित गर्न सबैको साझा जिम्मेवारी रहेको समेत बताएका छन।

डोल्पामा अहिले पनि विगतकै शैली दोहोर्याउने सोच बोकेका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको चर्चा चलिरहेका बेला बुढाको आह्वानलाई लोकतन्त्र र निष्पक्ष निर्वाचनको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।नेपाली कांग्रेस उम्मेदवार पक्ष मात्र नभएर जाे काेही आफ्नाे पक्ष र फरक विचार राखेर गाउँ घरदैलोमा गएकालाई त्यस्ता खराब प्रबृत्तिका पात्र वा उम्मेदवारले धाकधम्की लगायतकाे मानवीयता चिरहरण भएकाहरुबाट हुने गतिविधिहरुकाे आफुलाई तत्काल ९८५१०८४०७७  जानकारी गराउन समेत आह्वान गरेका छन ।

तपाईको प्रतिक्रिया