ताजा समाचार

११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिन्छ अध्यक्ष ओली

काठमाडौँ, मङ्सिर २७ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताए।

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउनु भयो। एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अन्डरमाइन्ड नगरोस् भन्दै उनले चेतावनी समेत दिए।

ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो। एमाले भएर देशको अभिभारा पूरा गर्ने उनले बताए । ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ’, उनले भने ।

११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनु भयो। एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने ओलीकाे भनाई थियाे ।

तपाईको प्रतिक्रिया