ताजा समाचार

नेकपा एमालेकाे एघारौं महाधिवेशन: केन्द्रीय सदस्यमा वदमी क्वारी बूढा निर्विरोध निर्वाचित

डोल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र महिला क्लस्टरबाट वदमी क्वारी बूढा (बोहोरा) निर्विरोध निर्वाचित भएकी छन्। सो क्लस्टरमा अन्य उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।

बूढा कर्णाली प्रदेश सभाकी पूर्व समानुपातिक सांसद हुन्। यसअघि पनि उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा कार्यरत रहँदै डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

यसैगरी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत दुई आयोगका पदाधिकारी र आठ जना केन्द्रीय सदस्यसमेत निर्विरोध चयन भएका छन्। केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको प्रारम्भिक नामावली अनुसार तोकिएको कोटाभन्दा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन्।

तपाईको प्रतिक्रिया