ताजा समाचार

त्रिपुरासुन्दरी–७ का जागरिला युवाहरू कांग्रेस प्रवेश : मेयरकै गाउँबाट राजनीतिक ऊर्जाको सन्देश

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–७, छल गाउँका जागरिला युवाहरू मनचन्द रोकाया, विश्वचन्द्र रोकाया र रवी प्रसाद रोकाया नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर कार्यसमितिले नयाँ प्रवेशकर्ताहरूप्रत स्वागत गरेको नगरसभापति टाेपबहादुर शाहीले बताए । स्थानीय समाजसेवामा सक्रिय भूमिका निभाउँदै आएका यी युवाहरू कांग्रेस संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास पार्टीले व्यक्त गरेको २०७९ काे नगर मेयरका प्रत्यासी उम्मेदवार चन्द्रलाल धरालाले बताए।

विशेष रूपले, त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र राेकायाकै गाउँबाट गाउँका मुखिया सहित युवाहरूको कांग्रेस प्रवेशलाई पार्टी नेतृत्वले महत्वपूर्ण राजनीतिक ऊर्जा तथा सकारात्मक सन्देशका रूपमा लिएको नेपाली कांग्रेस  डाेल्पाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया