ताजा समाचार

नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका विश्वचन्द्र रोकायाले गरे सार्वजनिक गुनासो

डाेल्पान्युज डेक्स

डोल्पा), मंसिर ७।त्रिपुरासुन्दरी नगरपालिका–७, छल गाउँ निवासी विश्वचन्द्र रोकायाले आफुलाई  नेपाली कांग्रेसमा गरिएको प्रवेशबारे असन्तुष्टि सार्वजनिक गरेका छन्। केही दिनअघि मङ्सिर  ४ गते उनी  नेकपा एमाले परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

आफुलाई झुक्याएर झुट्टा आश्वासन देखाई नेपाली कांग्रेसकाे नगर पार्टी कार्यालयमा सार्वजनिक गरिएको रोकायाले कर्ण बुढाकाे फेसबुक एकाउन्ट मार्फत  सामाजिक सञ्जालमा हस्तलिखित पत्र सार्वजनिक गर्दै  कांग्रेसमा प्रवेश गराएकाे दाबी गरेका छन्।

रोकायाले पत्रमार्फत आफू राजनीतिक रूपमा तटस्थ रहेको र कुनै पनि दलमा औपचारिक रूपमा प्रवेश गर्ने इच्छा नरहेको अवस्थामा विभिन्न प्रलोभन देखाइ कांग्रेसको नगर कार्यालयमा लगेको आरोप लगाएका छन्।

उनले नेकपा एमालेमै तटस्थ रहि पाटीकाे गतिविधिमा संलग्न भईरहेकाे बताएका छन । यता रोकायाको गुनासो सार्वजनिक भएको विषयमा नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर समितिले भने औपचारिक प्रतिक्रिया दिएको छैन।

यस घटनापछि स्थानीय राजनीतिमा प्रवेश प्रक्रिया र नेताहरूको भूमिका बारे चर्चा चुलिएको छ।नेपाली कांग्रेसमा प्रवेश गरेका तर पछिल्लो समय असन्तुष्टि पाेखेका विश्वचन्द्र राेकायाले भने डाेल्पान्युजलाई केही जानकारी गराएका छैनन् ।

तपाईको प्रतिक्रिया