ताजा समाचार

त्रिपुराकोटमा मोटरसाइकल दुर्घटना, महिला र बालिका घाइते

विष्णुप्रसाद देवका

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला र एक बालिका घाइते भएका छन्।

०८२  पुस ८ गते बिहान ९.०० बजे त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट छल स्थित मन्दिरमा पुजा गर्न जाँदै गर्दा त्रिपुराेकाेट–जुम्ला  सडकखण्डमा पर्ने गल्ली गाडस्थित कलभट पुलमा क १ प१२१८ नम्बरकाे माेटरसाइकल दुर्घटनामा परेकाे हाे ।

माेटर साईकल अनियन्त्रित भई कलभट पुलबाट खाेलामा खस्दा माेटरसाईकल चालक ठुलिभेरीनपा-४ तिप्ला बस्ने बर्ष ३५ नेत्र राेकाया घाईते भएका छन ।उनलाई छाती र हातमा चाेट लागेकाे छ ।यसैगरी साेही माेटरसाईकलमा पछडि सवार बर्ष ३६ कि गिता बुढा घाइते भएकी छन ।उनकाे बायाँ  हातमा चाेट लागेकाे छ ।उनकी ५ वर्षीया छाेरीलाई समेत सामान्य चाेट लनगेकाे छ ।

घाइते दुवै जनालाई तत्काल जिल्ला अस्पताल डोल्पा पुर्‍याई उपचार गरिएको छ। चिकित्सकका अनुसार हाल दुवैको अवस्था सामान्य रहेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान सुरु गरेको प्रहरी चाैकी त्रिपुराकाेटका ईन्चार्ज यामबहादुर बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया