ताजा समाचार

डोल्पामा १६ दिने लैङ्गिक हिंसा विरोधी अभियान विविध कार्यक्रमसहित सम्पन्

विष्णुप्रसाद देवकोटा

 “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित मंसिर ९ गतेदेखि सुरु भएको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न सचेतनामूलक गतिविधिहरूसँगै सम्पन्न भएको छ। अभियान अन्तर्गत समुदाय तथा विद्यालयस्तरमा हिंसाविरुद्धका सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

ठुलीभेरी नगरपालिका न्यायिक समिति सम्पर्क कार्यालय दुनैको आयोजनामा, सामाजिक विकास कार्यालय डोल्पा, युरोपियन युनियन, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल लगायतको सहजीकरणमा सदरमुकाम दुनैमा औपचारिक समापन कार्यक्रम गरिएको हो। कार्यक्रममा संविधान सभा सदस्य दूध कुमारी हमाल तथा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया अन्तरपार्टी महिला संजाल डोल्पाकी अध्यक्ष माया ठकुल्ला, वडा अध्यक्ष तेजेन्द्र बहादुर रोकाया, नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढा लगायतले महिला हिंसा अन्त्यका लागि व्यवहारमै परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

समापन दिवसको अवसरमा बिहान दुनै बजारमा र्याली निकालिएको थियो भने दिउँसो सरस्वती माध्यमिक विद्यालयमा बालबालिकाबीच बक्तृत्वकला प्रतियोगिता, जनचेतनामूलक नाटक तथा अन्य कार्यक्रम सञ्चालन गरिएको थियो।

यसैगरी त्रिपुरासुन्दरी नगरपालिका जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विभिन्न सचेतनामूलक गतिविधिहरूसहित अभियानको सफल समापन गरिएको छ।

तपाईको प्रतिक्रिया