विष्णुप्रसाद देवकोटा
गीतकार श्रीराम राईको नयाँ सिर्जना ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। ओमप्रकाश राईको संगीत रहेको यस गीतलाई गायिका पेमा शेर्पा राईले स्वर दिएकी छन्। गीतको एरेञ्ज सन्तोष प्रगाढ राईले, इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ ले तथा मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका हुन्। त्यागिनुपरे पनि प्रिय व्यक्तिको खुसीमै रमाउन खोज्ने संवेदनशील भावनालाई गीतले अभिव्यक्त गरेको छ।
यसअघि २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको गीत गाएकी थिइन्। सोही क्रमलाई पुढ्याउँदै २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ बोलको गीतमार्फत राईको शब्दलाई जनमानसमा पु¥याएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका श्रीराम राई पत्रकारिता र साहित्य दुवै क्षेत्रमा सक्रिय छन्। विविध विधामा कलम चलाउने राईका ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ नामक दुई बालकथासंग्रह प्रकाशित छन्।
लघुकथा उन्नयनमा सक्रिय राई ‘लघुकथा सौन्दर्य’ अभियानसँग आबद्ध छन्। उनका केही लघुकथाहरू ‘आजका लघुकथा’ २०७४ र ‘संयोग’ २०७९ सामुहिक लघुकथासंग्रहमा समावेश छन्। हालै राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा आएको सामुहिक लघुकथासंग्रह ‘बलेँसी’ बजारमा उपलब्ध भएको छ।रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा–खोटाङका अध्यक्ष पनि रहेका छन्।
गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २५ मंसिर २०८२, बिहीबार २०:४३