ताजा समाचार

डोल्पामा बङ्गुरपालनमा सतर्कताः छिमेकी जिल्लामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि जोखिम बढ्यो

डोल्पान्युज डेक्स

कर्णाली प्रदेशका जुम्ला जिल्ला र सुर्खेतको वीरेन्द्रनगरमा बङ्गुरमा देखिएको प्राणघातक रोग अफ्रिकन स्वाइन फिभर ९ब्क्ँ० पुष्टि भएपछि डोल्पा जिल्लामा पनि यसको सम्भावित जोखिम बढेको विशेषज्ञहरूको आकलन छ। जुम्लासँग सिमाना जोडिएको डोल्पामा रोग सर्न सक्ने सम्भावना रहेकोले किसानहरूलाई विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

ब्क्ँ विषाणुजन्य भएकाले रोकथाम चुनौतीपूर्ण हुने बताइँदै, बङ्गुर तथा बङ्गुरजन्य पदार्थ आयात गर्दा अनिवार्य रूपमा दर्तावाला पशु चिकित्सकबाट जारी प्रमाणपत्र बोक्नुपर्ने सूचित गरिएको छ। जिल्ला भित्र–बाहिर बङ्गुर ओसारपसार गर्दा सावधानी नअपनाए रोग छिट्टै फैलिन सक्ने भएकाले किसानहरूमा उच्च स्तरको सुरक्षा चेतना आवश्यक रहेको पशु सेवा कार्यालयले जनाएको छ।

डोल्पा जिल्लाबासी सबै किसान दाजुभाइ दिदीबहिनीहरूलाई संभावित जोखिमबाट जोगिन सतर्कता अपनाउन र कुनै पनि शंका लागेमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्न पशु सेवा कार्यालय, डोल्पाका प्रमुख डा। साजन रोकायाले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया