ताजा समाचार

डोल्पामा सडकबाट लड्दा मजदुरको मृत्यु

विष्णुप्रसाद देवकोटा

डोल्पा, मङ्सिर  १९ गते। डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका–३ मा एक व्यक्तिको सडकबाट लडेर मृत्यु भएको छ।

दिउँसो साढे दुई बजेकाे समयमा रुकुम आठबीसकाेट नपा- ६  स्थायी घर भई हाल डोल्पाको दुनै बजारमा ज्याला–मजदुरी गर्दै आएका ५० वर्षीय रुपु जैसी  मृत्यु भएकाे हाे । सन्ताेषी काष्ठ उद्योगबाट दराज बोकी नापी कार्यालयतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

उनी भेरी करिडोर सडकखण्डको खोंचतर्फ लडेर घटनास्थलमै मृत्यु भएको डिएसपी रुकबहादुर खड्काले बताए ।घटना थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी सहायक निरिक्षक उत्तम बहादुर शाहीकाे कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुग्दा मृत्यु भएकाे खवर प्राप्त पछि प्रहरी नायव निरीक्षक टाेपेन्द्र  बुढामगरकाे नेतृत्वमा १० जनाकाे टाेलि घटनास्थल पुगेर सर्जमिन मुचुल्का उठाउदा घटनास्थल जिल्ला प्रहरी कार्यालय देखि अन्दाजी डेढ किलोमिटर पुर्व दक्षिण माेहडामा रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

मृतकको शव आवश्यक प्रक्रियाका लागि प्रहरी टोलीले उद्धार गरी पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल लगिएको  बताइएको छ ।

तपाईको प्रतिक्रिया