
विष्णुप्रसाद देवकोटा
डोल्पा — सदरमुकाम दुनैमा अवस्थित डोल्पाको पहिलो शैक्षिक केन्द्र डोल्पो क्याम्पसले वार्षिक क्याम्पस सभा–२०८२ सम्पन्न गरेको छ। क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष लालिमान बुढाको अध्यक्षता र जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायासहित विभिन्न तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा सभा सम्पन्न भयो।
कार्यक्रममा क्याम्पसका लेखापाल सबनम केसीले आर्थिक प्रतिवेदन र क्याम्पस प्रमुख विष्णुलाल बुढाले वार्षिक प्रतिवेदन पेश गरे। प्रतिवेदनले क्याम्पसमा सञ्चालन भएका गतिविधि तथा आगामी वर्षका शैक्षिक योजनालाई विस्तृत रूपमा प्रस्तुत गरेको थियो। सभामा उठेका गुनासाहरूको सम्बोधन गर्दै क्याम्पस प्रमुख बुढाले सहकार्य र सहयोगका लागि सबैलाई धन्यवाद दिए।
सभा सहभागी वक्ताहरू—सामाजिक अगुवादेखि दलगत प्रतिनिधिसम्म—सबैले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमित हाजिरी, अभिभावक–शिक्षक समन्वय तथा क्याम्पसको राजनीतिक–स्वच्छ वातावरणका विषयमा जोड दिए।
संविधानसभा सदस्य दूधकुमारी हमालले क्याम्पसलाई ‘डोल्पाको ठुलो शैक्षिक मन्दिर’ भन्दै राजनीतिक खेलबाट टाढा राख्न आग्रह गरिन्।
ठुलीभेरी नगरपालिकाका जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूले विद्यार्थी नियमितता कमजोर हुनु अभिभावक र स्वयम् विद्यार्थीको निष्क्रियता हो भन्दै सुधारमा सबै पक्ष लाग्नुपर्ने सुझाव दिए।
नेकपा माओवादी केन्द्र र एमालेका प्रतिनिधिहरूले शैक्षिक स्तर वृद्धि, क्याम्पस प्रशासनको भूमिकाबल, र स्थायी परिवर्तनका लागि जिम्मेवार संरचनाको आवश्यकतामा ध्यानाकर्षण गराए। नेपाली कांग्रेसका प्रतिनिधिले शिक्षक–विद्यार्थी–अभिभावकबीच सक्रियता नहुँदा गुणस्तरमा समस्या आउने बताउँदै सहज शैक्षिक वातावरण निर्माणमा जोड दिए।
सञ्चालक समितिका कार्यवाहक अध्यक्ष लालिमान बुढाले विद्यार्थी नियमितता सुनिश्चित गर्न ‘इलेक्ट्रोनिक हाजिरी प्रणाली’ लागू गर्न लागिएको जानकारी दिए।सभाले पारित गरेका मुख्य निर्णयहरू वार्षिक प्रतिवेदन अनुमोदन क्याम्पस पुस्तकालयको विकासका लागि सम्बन्धित निकायमा प्रस्ताव पेश नवनिर्मित भवनमा थप तला निर्माणको पहल डोल्पाका विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहको यो सभा क्याम्पसको आगामी शैक्षिक रूपान्तरणका लागि महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । २३ मंसिर २०८२, मंगलवार १९:३४