ताजा समाचार

नेफ्टाको दोस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, गोविन्दबहादुर मल्ल महासचिवमा सर्वसम्मत

विष्णुप्रसाद देवकोटा

डाेल्पा।नेपाल फिसरिज टेक्निसियन एशोसिएसन (नेफ्टा) को दोस्रो राष्ट्रिय अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभा मङ्सिर २८ र २९ गते चितवनको भण्डारास्थित कृषि तालिम केन्द्रको सभाहलमा सम्पन्न भएको छ।

अधिवेशनबाट गोविन्दबहादुर मल्ल महासचिव पदमा सर्वसम्मत चयन भएका छन्। मल्ल हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, डोल्पामा कार्यालय प्रमुखका रूपमा कार्यरत छन्।

नेफ्टाका पूर्व अध्यक्ष रमेश जैसवालको अध्यक्षतामा सम्पन्न अधिवेशनले सुभाषकुमार झाको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यसमितिमा उपाध्यक्षद्वयमा शोभाखर पाण्डे र केदार कुमारी अधिकारी, सचिवद्वयमा महेशदत्त भट्ट र राजकपुर नापित तथा कोषाध्यक्षमा सुन्दरी कार्की चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा भिमदत्त भट्ट, नरेशकुमार महतो, प्रेम चौधरी, कमलु यादव, विमर्श ज्ञवाली, बच्चेलाल मुखिया, विष्णु गौतम, धिरेन्द्र प्रताप ठाकुर, मनिता पौडेल र नविन सिंह धामी निर्वाचित भएका छन्।

देशभर छरिएर रहेका मत्स्य प्राविधिकहरूबीच सुदृढ र सुमधुर सम्बन्ध स्थापना गर्दै मत्स्य क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी, निजी तथा सहकारी क्षेत्रका प्राविधिक, अनुसन्धानकर्ता र प्रसारकर्ताको पेशागत मर्यादा, वृत्तिविकास, सुनिश्चित भविष्य तथा हकहितको संरक्षण र उत्थान गर्ने उद्देश्यले नेफ्टाको स्थापना गरिएको हो।

अधिवेशनका क्रममा संस्थाका निवर्तमान अध्यक्ष रमेश जैसवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष लाक्पा रिदर भोटे सैचाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

मङ्सिर २८ गते सम्पन्न उद्घाटन सत्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल मत्स्य समाजका अध्यक्ष प्रा. डा. सुनिला राई, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का अध्यक्ष डम्मर बहादुर बम्म, प्रा. डा. माधवकुमार श्रेष्ठ, भागवत प्रसाद, युगल किशोर तिवारी, जयदेव विष्ट लगायत मत्स्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया