डाेल्पान्युज डेक्स
नेपाल–भारत सीमास्थित रुपैडिहाबाट भारत प्रवेश गर्न खोज्ने क्रममा एक चिनियाँ नागरिकलाई विभिन्न कागजात तथा विदेशी मुद्रासहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति चीनका ४९ वर्षीय लिउ कुनजिङ्ग रहेका छन्।
प्रहरीका अनुसार, लिउलाई शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट विभिन्न सामग्री बरामद गरिएको छ।उनको साथबाट बरामद सामग्री:दुई वटा VIVO मोबाइल एक वटा iPhone 6S FYYTEK मोडलको ट्रान्सलेटर चीन सरकारद्वारा जारी वैध पासपोर्ट नेपालको पकेट म्याप पुरानो भियतनाम भिसा चीनको रेसिडेन्स कार्ड (२०४२/०४/२२ सम्म वैध)चीनको ड्राइभिङ लाइसेन्सचीन पोस्टल बैंकको ATM कार्ड बैंक अफ चाइना कार्डचीन सिटीजनसिप कार्डपाकिस्तानको भिसा
प्रारम्भिक अनुसन्धान तथा कार्यवाहीपछि उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि बहराइच अदालतमा पेस गरिएको प्रहरीको भनाइ छ।फाेटाे सामाग्री साभार नेपालगन्ज ग्यालरी

डोल्पा न्यूज । १० मंसिर २०८२, बुधबार ०३:४८