डाेल्पान्युज
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिका–८ घट्टेखाेला नजिक ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
जिल्ला डोल्पा ठुलिभेरि नगरपालिका–८ घट्टेखाेला नजिक माइफलदेखि जुफालतर्फ आउँदै गरेको रा २ त ३६५९ नम्बरको खाली ट्र्याक्टर चिप्लिएर सडकबाट करिब ५० मिटर तल खसेको हो।
बाटोमा(बरफ) जमेको कारण ट्र्याक्टर चिप्लिएर दुर्घटना भएको प्रहरी चौकी जुफालले जनाएको छ। दुर्घटनामा ट्र्याक्टर चालक जिल्ला पाल्पा घर भएका गाेपाल सुनिमगर घाइते भएका छन ।घाइते चालकको दायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेका उनलाई उपचारको लागि दुनै अस्पतालमा लगिएको जुफाल प्रहरी चाैकीले जनाइएको छ।घाइते चालक सुनिमगर ठुलिभेरी नगरपालिका–६ काँडाताली निवासी सिद्दि बुढाकाे ट्याक्टर चलाउदै आएका थिए ।दुर्घटना मंगलबार अपरान्ह तिर भएकाे हाे ।

डोल्पा न्यूज । २९ पुष २०८२, मंगलवार १५:५४