ताजा समाचार
चुनावमा हाेमियाे डाेल्पा कांग्रेस

कांग्रेसकाे चुनाव प्रचारप्रसार समिति संयोजकमा तेजेन्द्र रोकाया

विष्णुप्रसाद देवकोटा

नेपाली कांग्रेस डोल्पाले आगामी फागुन २१ गते हुने निर्वाचन तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा जनमानससम्म पुर्‍याउने उद्देश्यले प्रचारप्रसार समिति गठन गरेको छ।

ठूलीभेरी नगरपालिका–१ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस डोल्पाका युवा नेता तेजेन्द्र रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिको सदस्यमा लिलराज रोकाया, श्रीनारायण कार्की, भक्तमान नेपाली, असिम रोकाया, तुलबहादुर बोहोरा, रेखामान बुढा, मिलन बुढाथोकी, कुशल विक्रम शाही, सुभाष कठायत, बलराम रोकाया, राजु झाक्री, नरेन्द्र रोकाया, विष्णु रोकाया, टोपबहादुर शाही र यज्ञबहादुर कार्की रहेका छन्।

पार्टीको नीति, कार्यक्रम तथा निर्वाचनसम्बन्धी गतिविधिलाई सशक्त ढंगले प्रचारप्रसार गर्ने जिम्मेवारी समितिलाई दिइएको नेपाली कांग्रेस डोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया