ताजा समाचार

क्यासिनो उद्घाटनका लागि बलिउड स्टार संजय दत्त नेपालमा

डाेल्पान्युज
काठमाडौं । बलिउडका चर्चित अभिनेता संजय दत्त नेपाल आइपुगेका छन्। उनी राजधानीस्थित एक होटलमा सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
लामो समयदेखि बलिउडमा प्रभावशाली अभिनयमार्फत छुट्टै पहिचान बनाएका संजय दत्तको नेपाल आगमनलाई मनोरञ्जन र पर्यटन क्षेत्रका लागि महत्वपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिले नेपाली होटल तथा क्यासिनो व्यवसायमा आकर्षण बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।
क्यासिनो उद्घाटनसँगै संजय दत्तले सीमित सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ। उनकाे नेपाल बसाइ छोटो रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया