नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोल्पाको जिल्ला बैठक सम्पन्न भएको छ। बुधबार सदरमुकाम दुनैमा बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई केन्द्रमा राख्दै रणनीतिक छलफल गर्नुका साथै विभिन्न निर्वाचन–केन्द्रित कमिटीहरू गठन गरेको छ।
बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र पारित गर्दै पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार धनबहादुर बुढालाई प्रत्यक्षतर्फ तथा पार्टीको समानुपातिक मतका लागि तारा चिन्हमा अत्यधिक मतसहित विजयी गराउने लक्ष्यसहित संगठनात्मक संरचना विस्तार गरेको नेकपा डोल्पाका नेता युवराज थकालीले जानकारी दिए।
निर्वाचनलाई प्रभावकारी, अनुशासित र परिणाममुखी बनाउने उद्देश्यसहित बैठकले विभिन्न विषयगत कमिटीहरू गठन गरेको पाटीले जनाएकाे छ ।सम्पन्न बैठकले निर्वाचन मूल व्यवस्थापन कमिटीमा हंशबहादुर शाही (संयोजक), रामलाल विश्वकर्मा (सह–संयोजक) निर्वाचन व्यवस्थापन उप–कमिटी प्रत्यक्षतर्फ : धनबहादुर बुढा(संयोजक)
समानुपातिकतर्फ : काली चलाउने (संयोजक) आर्थिक कमिटी युवराज थकाली (संयोजक), बिरमल भण्डारी (सह–संयोजक)प्रचार–प्रसार कमिटी प्रेमबहादुर बोहरा (संयोजक), युवराज थकाली (सह–संयोजक) सांस्कृतिक कमिटी
किस्मत शाही (संयोजक), नरेन्द्र भण्डारी (सह–संयोजक) मुड्केचुला गाउँपालिका बागबहादुर बुढा (संयोजक), दत्तबहादुर शाही (सह–संयोजक)
जगदुल्ला गाउँपालिका नारासिंह रोकाया (संयोजक), युवराज थकाली (सह–संयोजक)
त्रिपुरासुन्दरी नगरपालिका धर्मजित बोहोरा (संयोजक), छक्कबहादुर धराला (सह–संयोजक)
ठूलीभेरी नगरपालिका हरिप्रसाद डाँगी (संयोजक), बिरमल भण्डारी (सह–संयोजक) काइके गाउँपालिका राजु रोकाय (संयोजक), मालबहादुर बुढा (सह–संयोजक) छार्का ताङसोङ गाउँपालिका
सेनाङ गुरुङ (संयोजक), सोनाम किङजुम गुरुङ (सह–संयोजक) डोल्पोबुद्ध गाउँपालिका ग्याल्बो थापा भोटे (संयोजक), कार्माछ्यवेल गुरुङ (सह–संयोजक) शे–फोक्सुण्डो गाउँपालिका टसी टुण्डुप गुरुङ (संयोजक), पेमा छिरिङ गुरुङ (सह–संयोजक)रहेका छन ।
युवा परिचालन कमिटी अंगत राना (संयोजक), देविसर बुढा (सह–संयोजक)अनुगमन तथा रिपोर्टिङ कमिटी बविकिशोर गुरुङ (संयोजक), कमलबहादुर रोकाय (सह–संयोजक) उम्मेदवार सचिवालय कमिटी बुद्धिबहादुर झाँक्री (संयोजक), भिमबहादुर बुढा (सह–संयोजक), विरबहादुर रोकाय (सदस्य) रहेका छन ।

डोल्पा न्यूज । ७ माघ २०८२, बुधबार १७:१४