ताजा समाचार

निर्वाचनको मुखमै ठुलीभेरी–१ का खगेन्द्र रोकायाले गरे एमाले परित्याग 

डोल्पामा निर्वाचनको मुखमै ठुलीभेरी नगरपालिका–१ का स्थानीय नेता खगेन्द्र रोकायाले नेकपा (एमाले) परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। स्थानीय राजनीतिक वृत्तमा सक्रिय रहँदै आएका रोकायाको पार्टी परिवर्तनलाई आगामी प्रतिनिधि सभा निर्वाचनसँग जोडेर महत्वपूर्ण रूपमा हेरिएको छ।

कांग्रेस प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्ण बुढाको उपस्थितिमा रोकायालाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको हो। कार्यक्रममा अभिभावक कर्णबहादुर बुढाले अविर, टीका र राईका लगाएर उनलाई कांग्रेस परिवारमा स्वागत गरे।

कार्यक्रममा बोल्दै कर्ण बुढाले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी विकास र जनताको अधिकार सुनिश्चित गर्न कांग्रेस निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ प्रवेशकर्ताको अनुभव र सक्रियताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले स्थानीय तहदेखि केन्द्रसम्म जनमुखी राजनीति आवश्यक रहेको भन्दै सबैलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आह्वान गरे।

पार्टी प्रवेशपछि खगेन्द्र रोकायाले कांग्रेसको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै ठुलीभेरी क्षेत्रको विकास, सुशासन र जनसेवाका लागि कांग्रेसमार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया