ताजा समाचार

एमाले डोल्पामा उप–सचिव लाेकेन्द्र रानासहितका  नेताहरू कारबाहीमा

डोल्पा । नेकपा (एमाले) डोल्पा जिल्ला कमिटीले पार्टी विधान विपरीत गतिविधि गरेको ठहर गर्दै उप–सचिवसहित विभिन्न तहका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनबाट संशोधनसहित पारित विधानअनुसार, मिति २०८२ माघ ६ गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

कारबाहीमा पर्नेहरूमा जिल्ला कमिटीका उप–सचिव लोकेन्द्र राना, जिल्ला कमिटी सदस्यहरू महिनबहादुर ठकुल्ला र शान्ति राना, काइके गाउँ कमिटीका अध्यक्ष राजु रोकाय र सचिव सूर्यकुमार बुढा रहेका छन्।

यस्तै, ठुलीभेरी नगरपालिकाका पूर्व नगर कमिटी अध्यक्ष मानव बोहोरा सहित ओमबहादुर रोकाय, रमेश कार्की, अभिषेक शाही, मायादेवी शाही, जीतबहादुर शाही लगायत अन्य पार्टी सदस्यहरूलाई पनि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जिल्ला कमिटीले जनाएको छ।

पार्टीको अनुशासन, एकता र विधानको पालना सुनिश्चित गर्न उक्त निर्णय लिइएको नेकपा (एमाले) डोल्पा निर्वाचन प्रचार विभाग संयाेजक टेक शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया