ताजा समाचार

डोल्पाले पाउने भयाे पहिलो महिला प्रमुख जिल्ला अधिकारी

विष्णुप्रसाद देवकोटा

डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)का रूपमा उपसचिव जुनु हमाल ढकाललाई पदस्थापन गरिएको छ। यससँगै डोल्पाले आफ्नो प्रशासनिक इतिहासमै पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ।
हाल कार्यरत प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालालाई सरुवा गरी ढकाललाई डोल्पाको प्रजिअको जिम्मेवारी दिइएको हो। छिमेकी जिल्ला जुम्ला घर भएकी ढकाल छिट्टै डोल्पा आउने तयारीमा रहेकी छन्।
प्रशासनिक अनुभव र नेतृत्व क्षमताका कारण परिचित ढकालको आगमनसँगै दुर्गम हिमाली जिल्ला डोल्पामा सुशासन, सेवा प्रवाह र प्रशासनिक स्थायित्वमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया