ताजा समाचार
एमालेबाट जेन–जि उम्मेदवार लंक रोकायाको कडा राजनीतिक सन्देश

डोल्पालाई प्रयोगशाला होइन,परिणाम चाहिन्छ:लंक राेकाया

विष्णुप्रसाद देवकोटा

दशकाैदेखि आश्वासनमा अल्झिएको डोल्पाले अब फेरि पर्खिने धैर्य गुमाइसकेको छ। पुराना तर अहिले पुन उम्मेदवार बनेका नेतृत्वकाे झुट्टा आश्वासनले थाकेको जिल्ला, अवसरको अभावले रित्तिँदै गएको युवापुस्ता र विकासका नाममा पटक–पटक धोका पाएको जनताबीच नेकपा एमालेका ३५ वर्षीय जेन–जि उम्मेदवार लंकबहादुर राेकायाले पुरानावादी राजनीतिमाथि सीधा प्रहार गरेका छन्।

पिछडिएको मुड्केचुला गाउँपालिकाका स्थायी बासिन्दा  राेकाया डोल्पाले खोजेको प्रतिनिधि मात्र होइनन्, अब डोल्पामा चलिरहेको असफल राजनीति विरुद्धको चुनौती पनि हुन्। युवाले खोजेको ऊर्जा, जिल्लाले चाहेको प्रतिबद्धता र सांगठनिक हिसाबले जिल्लाकै सबैभन्दा ठूलो शक्ति नेकपा एमालेले रोजेको उम्मेदवारका रूपमा उनी चुनावी मैदानमा उत्रिएका छन्।डाेल्पान्युजले युवा उम्मेदवार राेकायालाई  तपाई किन र के काे लागि उम्मेदवार भन्ने प्रश्न गर्दा आफ्ना एजेण्डा सहितकाे बताए ।के के छ उनका एजेण्डा-

✔️ गरिबी र बेरोजगारीविरुद्ध निर्णायक संघर्ष
➤ जिल्लामै रोजगारी, उद्यम र उत्पादनको वातावरण सिर्जना
✔️ युवालाई केन्द्रमा राखिएको विकास मोडल
➤ सीप, लगानी र अवसर जोडेर पलायन रोक्ने रणनीति
✔️ सडक, शिक्षा र स्वास्थ्यमा परिणाममुखी विकास
➤ योजना होइन, मापनयोग्य र देखिने काम
✔️ जनजीविकासँग जोडिएको दिगो विकास र सुशासन
➤ जवाफदेही नेतृत्व र पारदर्शी कार्यान्वयन

देशभक्त र राष्ट्रप्रेमी विचारधाराबाट निर्देशित एमालेको प्रतिनिधित्व गर्दै उनले गरिबी, बेरोजगारी र विकासलाई नियति ठान्ने सोचमाथि तीखो प्रहार गरेका छन्। “डोल्पा पिछडिएको होइन, योजनाविहीन नेतृत्वले पछाडि पारिएको हो,” भन्ने राेकायाकाे ठोकुवा छ ।

डोल्पाको विकट भूगोललाई बहाना बनाइने प्रवृत्तिको अन्त्य गर्दै उनले विकासलाई कागजबाट जमिनमा झार्ने प्रतिबद्धता जनाएका छन्। सडक, स्वास्थ्य, शिक्षा र रोजगारीलाई एकीकृत रूपमा अघि बढाउने स्पष्ट कार्ययोजनासहित उनी जनताको घरदैलोमा पुग्न्ने बताउँछन् ।
“अब डोल्पामा प्रयोग होइन, परिणाम चाहिन्छ,” भन्दै उनले युवालाई नेतृत्वको केन्द्रमा ल्याउने अठोट व्यक्त गरेका छन्। उनका समर्थकहरूका अनुसार यो उम्मेदवारी केवल सत्ता परिवर्तन होइन, डोल्पाको राजनीतिक दिशा परिवर्तनको अभियान हो।

तपाईको प्रतिक्रिया