ताजा समाचार

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा समितिको अध्यक्षमा डाेल्पाका खेन्पो निग्मा कुन्क्याप

विष्णुप्रसाद देवकोटा

काठमाडौँ । सरकारले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्यापलाई नियुक्त गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुस २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई पाँच वर्षका लागि समितिको अध्यक्षमा नियुक्त गरिएको हो।

मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम कुन्क्यापलाई अध्यक्षमा नियुक्त गरिएको हो।

डोल्पाका गरिब बालबालिकाका लागि शिक्षा र आवासीय अभियान समाजसेवीका रूपमा परिचित कुन्क्यापले सन् २००८ देखि डोल्पो बोन स्कुल सञ्चालन गर्दै आएका छन्। उक्त विद्यालयमार्फत उनले डोल्पा जिल्लाका गरिब, असहाय बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्दै आएका छन्।

डोल्पा जिल्लामा उनको योगदानका कारण उनलाई स्थानीयस्तरमा विशेष सम्मान र आदरका साथ हेरिने गरिन्छ।

को हुन् लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्याप ?

निग्मा कुन्क्यापको जन्म २०२१ फागुन २२ गते डोल्पामा बाबु पाल्देन छिरिङ र आमा कर्मा डोल्माको कोखबाट भएको हो। बाल्यकालमै आमाको दुर्घटनाबाट मृत्यु भयो भने केही वर्षमै बाबुको पनि निधन भयो।

पारिवारिक विछोड, गरिबी र दुःखबीच हुर्किएका उनी हजुरबुबा ताम्बा लामाको प्रेरणाले लामा भाषा पढ्न–लेख्न थाले।

बोन संस्कृति, थाङ्का कला र धार्मिक अभ्यास

सानै उमेरदेखि उनले बोन धर्मग्रन्थमा आधारित थाङ्का कला, मूर्तिको नाप, धार्मिक तोर्मो निर्माण, शास्त्रीय भेट तथा धार्मिक संस्कारमा दख्खल हासिल गरे।

१४ वर्षपछि तीन वर्षभित्रै उनले बोन संस्कृतिअनुसारका पूर्वाभ्यास, साधना र मौखिक निर्देशनहरू पूरा गरे।

भारतदेखि सारनाथसम्मको उच्च धार्मिक अध्ययन

१७ वर्षको उमेरमा २०३९ साल (१९८२) मा भारतको हिमाञ्चल प्रदेशस्थित सोलान–दोलाञ्जीको मेन्री गुम्बा पुगेका उनी त्यहीँबाट बोन दर्शनको औपचारिक अध्ययनमा लागे।उनले प्रज्ञापारमिता मध्यमिका अभिधर्म विनय तन्त्र झोग्सेन लगायत बोन दर्शनका प्रमुख ग्रन्थहरूको गहिरो अध्ययन गरे।

२०५१ साल (१९९४) मा उनले घेसे (तत्व निरूपण गर्ने उच्च उपाधि) हासिल गरे।

त्यसपछि भारतको सारनाथस्थित तिब्बती उच्च शिक्षाको केन्द्रीय संस्था (CIHTS) को बोन शाखामा सह–प्राध्यापक नियुक्त भए र १३ वर्षसम्म अध्यापन गरे।संस्था नेतृत्व र सामाजिक योगदान कुन्क्यापले विभिन्न समयावधिमा: मेन्री गुम्बाको पूजापाठ नेतृत्व बोन विद्यार्थी हित कल्याण समिति अध्यक्ष नेपाल बोन हित कल्याण समिति अध्यक्ष नेपाल बोन धर्म संघका प्रमुख लामाको जिम्मेवारी सम्हाले। सन् १९९९ मा उनले डोल्पो बोन समाज गठन गरी हालसम्म अध्यक्ष छन्।दुनैमा बोन स्तुपा र आवास निर्माण

सन् २००६ मा दुनैमा करिब ४० लाख लागतमा बोन स्तुपा निर्माणगरिब बालबालिकाका लागि आवासीय भवन निर्माण, अनुमानित लागत ३२ लाख रुपैयाँ

अन्तर्राष्ट्रिय स्तरमा बोन दर्शनको प्रवर्द्धन

कुन्क्यापले:रसिया (मस्को)अमेरिका (LIGMINCHA Institute)मेक्सिको(GARUDA SANGA)लगायत देशहरूमा नियमित रूपमा बोन दर्शन, ध्यान, जोतिष, खगोलशास्त्र र साधनासम्बन्धी प्रवचन दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया