ताजा समाचार

नेकपा डाेल्पाकाे जिल्लास्तरीय सन्देश सभा माघमा,मुड्केचुलामा सम्पन्न

विष्णुप्रसाद देवकोटा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मुड्केचुला गाउँ समितिको आयोजनामा पार्टी एकता सन्देश सभा सम्पन्न भएको छ। मुड्केचुला गाउँपालिकाको नर्कुमा गाउँपालिकास्तरीय सन्देश सभा आयोजना गरिएको हो।

यसअघि पुष १० गते बसेको जिल्ला समितिको संयुक्त बैठकले जिल्लास्तरीय सन्देश सभा माघ महिनामा गर्ने निर्णय गर्दै त्यसअगावै पालिका तथा वडा स्तरमा सभा तथा भेला आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार स्थानीय समितिहरूको संयुक्त बैठकबाट उपयुक्त मिति तोकी सबै पालिका समितिलाई सन्देश सभा आयोजना गर्न निर्देशन दिइएको थियो।

उक्त निर्देशनअनुसार मुड्केचुला गाउँ समितिले सन्देश सभा आयोजना गरेको हो। सभामा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको र त्यसले पार्टी नेतृत्वलाई थप हौसला प्रदान गरेको आयोजकले बताएका छन्।

सभालाई सम्बोधन गर्दै साविक माओवादी केन्द्र मुड्केचुला गाउँ समितिका अध्यक्ष टंक हमालले डोल्पामा आम कार्यकर्ताहरूले पार्टी एकतालाई सहर्ष स्वीकार गरेको स्पष्ट संकेत सभाबाट प्राप्त भएको बताए। हमालले पार्टी एकताप्रति कार्यकर्ताहरूको उत्साह र प्रतिबद्धता थप बलियो बन्दै गएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया