ताजा समाचार

डाेल्पा त्रिपुरासुन्दरीका कन्न बुढाको निधन,कांग्रेसलाई ठुलाे क्षेती

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ का बासिन्दा तथा नेपाली कांग्रेसका अनुभवी नेता कन्न बुढाको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ। ७९ वर्षको उमेरमा रहेका बुढाको २०८२ माघ १८ गते सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

अत्यधिक उच्च रक्तचापका कारण टाउकोको नशामा गम्भीर असर परेपछि अस्पताल भर्ना गरिएका बुढाको उपचार सम्भव हुन नसकेको उनका छोरा ज्ञानु बुढाले जानकारी दिए।

राजनीतिक रूपमा लामो समयदेखि सक्रिय बुढा २०५१ सालदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध थिए। २०५४ सालमा भएको गाउँ विकास समिति निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा निर्वाचित भई स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सरल स्वभाव, संगठनप्रति निष्ठा र स्थानीय जनताको विश्वास जितेका नेताका रूपमा बुढालाई चिनिन्थ्यो।

उनको निधनले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई ठूलो राजनीतिक क्षति पुगेको छ। स्थानीय तहमा बलियो जनसमर्थन र संगठनात्मक पकड भएका बुढाको अभावले चुनावी तयारीमा रहेको कांग्रेसलाई गम्भीर धक्का लागेको राजनीतिक वृत्तको विश्लेषण छ।

राजनीतिक योगदान र सामाजिक सक्रियताका कारण बुढाको निधनलाई डोल्पाली कांग्रेसजनले अपूरणीय क्षतिका रूपमा लिएका छन्। उनकाे निधनले स्थानीय राजनीतिमा उत्पन्न भएको रिक्तता तत्कालै पूर्ति हुन कठिन देखिएको छ।

तपाईको प्रतिक्रिया