ताजा समाचार
विशेष महाधिवेशन पछि कांग्रेसमा आधिकारिकताकाे किचलाे

८ सय बढि महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएकाे  आयाेगमा देउवा पक्षकाे दावि

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८ सय बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको कागजात निर्वाचन आयोगमा बुझाएको छ ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको हो।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको प्रमाण आयोगसमक्ष बुझाइएको प्रतिक्रिया दिए ।गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिताको दाबी गर्दै आयोगमा पत्र बुझाएको एकदिनपछि शुक्रबार कार्यवाहक सभापति खड्का पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनहरूसहितको दलबलका साथ आयोग पुगेका हुन।

तपाईको प्रतिक्रिया