डाेल्पान्युज डेक्स
डोल्पा । ठुलीभेरी नगरपालिका–१० मा विभिन्न राजनीतिक दल परित्याग गरी ६ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्ला समन्वय समिति प्रमुख श्याम बहादुर रोकाया, ठुलीभेरी नगर प्रमुख सुबर्ण कुमार बुढा, नेपाली कांग्रेस जिल्ला पार्टी सचिव हिक्मत शाही, उपप्रमुख छिरिङ टोल्मा महत, सह–सचिव सुरेन्द्र महत, प्रदेश सभापति केशब बुढा तथा वडा अध्यक्षहरू तेजेन्द्र बहादुर रोकाया, भक्त बहादुर भण्डारी र हंसरूप महतको उपस्थितिमा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस प्रवेश गर्नेमा कैलाश महत, बिसराम बुढा, डिलकुमारी महत, सुजन कार्की, गणेश कामी, भोगेन्द्र महत लगायत रहेका छन्।

कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेस लोकतन्त्र, समावेशी विकास र स्थानीय जनताको हक–अधिकारका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।नवप्रवेशीहरुलाई जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया ठुलिभेरिनगरका मेयर सुवर्ण बुढा पाटी सचिब हिक्मत शाही लगायतले अविर टीका र राईका लगाएर स्वनगत गरेका थिए ।

डोल्पा न्यूज । १३ पुष २०८२, आईतवार १९:३७