ताजा समाचार

कांग्रेसको समानुपातिक बन्दसूची : कर्णालीबाट ९ जना उम्मेदवार समेटिए

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गरी ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा दर्ता गराएको छ । यस सूचीमा कर्णाली प्रदेशबाट ९ जना नेताले स्थान पाएका छन् ।

‎‎कर्णाली प्रदेशमा रहेका १० जिल्ला र १२ निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि यी नेताहरू समानुपातिक बन्दसूचीमा समेटिएका हुन् ।

‎कांग्रेसले तयार पारेको समानुपातिक बन्दसूचीमा कर्णाली प्रदेशबाट विभिन्न जिल्लाका नेताहरूलाई समेटेको छ । यसअनुसार डाेल्पाबाट गाेमा केसी सल्यानबाट ध्रुवबहादुर मल्लले सूचीमा स्थान बनाएका छन् भने मुगुबाट रोम रोकायाको नाम सिफारिस भएको छ ।

त्यस्तै, कालीकोटबाट कालीबहादुर सहकारी, सुर्खेतबाट पार्वतीकुमारी गिरी, रुकुम पश्चिमबाट मानबहादुर नेपाली, जाजरकोटबाट हजारी नेपाली, हुम्लाबाट ताराबहादुर थापा र दैलेखबाट सरस्वती श्रेष्ठले समानुपातिकतर्फको बन्दसूचीमा प्रतिनिधित्व गरेका छन् ।

तपाईको प्रतिक्रिया