ताजा समाचार

बाँकेकाे बैजनाथमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

डाेल्पान्युज

बाँके, – बुधबार दिउँसो बैजनाथ गाउँपालिका–४ निवासी २८ वर्षीय नवीन बुढा ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका छन्।

दुर्घटना बैजनाथ–३ स्थित बैरहवाबाट वनखेततर्फ जाने खोलामा करिब २ बजेको समयमा भएको हो। मृतक बुढा ट्याक्टरका धनी समेत रहेका थिए। वडाध्यक्ष निखिल बैगारका अनुसार, माटो अनलोड गरी फर्किने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।

घटनामा गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। उनका शव पोष्टमार्टम पश्चात बिहीबार अन्त्येष्टि गरिने परिवार स्रोतले जानकारी दिएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया