ताजा समाचार

पुल निर्माणमा स्थानीय अवरोध:छलगाड सहितका भेरी करिडोरका पक्की पुल एक वर्षदेखि ठप्प

विष्णुप्रसाद देवकोटा

डोल्पा ।स्थानीय अवराेधका कारण भेरिकरिडाेर अन्तर्गतका निर्माणाधीन तीन जिल्ला जोड्ने तीनवटा पक्की पुलकाे निर्माण कार्य अलपत्र परेकाे परेकाे छ ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगार्ड खोलाको पुल, वडा नम्बर ५ मा पर्ने खदाङ्ग भेरी नदीको पुल र रुकुम पश्चिम एवं जाजरकोटलाई जोड्ने तल्नुबगरको पक्की पुलको निर्माण कार्य अलपत्र परेकाे हाे ।

जाजरकोट रुकुम पश्चिम  हुँदै डोल्पा जोड्ने गरि  भेरी करिडोरमा बन्न लागेका तीनवटै पुलको निर्माण कार्य झण्डै एक वर्षदेखि  अलपत्र अवस्थामा छन ।

तीनवटै पुल निर्माणको जिम्मा पाएको वाईपीएमआर जेभी भरतपुर चितवनले एक वर्षमात्र काम गरेर छोडेपछि सबै पुल निर्माणको काम अलपत्र परेको हो ।२०८३ असाढ मसान्तसम्म तीन वटै पुलकाे  निर्माण कार्य सम्पन्न गर्ने गरि ३६ करोड २४ लाख ८६ हजार बजेटमा वाइपीएमआर जेभीले  २०७९ माघ २६ गते सम्झौता गरेकाे थियाे ।

डाेल्पास्थित छलगार्ड खोलाको पक्की पुल र तल्नुबगरको पुलको दुवैतिरको आधार पिलरहरु मात्र निर्माण  भएको छन । त्यसपछि भने काम अघि बढेकाे छैन ।बस्तीभन्दा माथि अनुपयुक्त ठाउँमा पुल निर्माण गर्न लागिएको भन्दै स्थानीयले करिब एक वर्षदेखि यो पुल निर्माणमा अवरोध गर्दै आएपछि भने त्रिपुरासुन्दरी ५/६ अन्तर्गकाे खदाङस्थित हरियापानीमा पुलकाे निर्माणकाे कामै शुरु गरिएक्काे छैन ।झण्डै एक वर्षदेखि निर्माण कार्य अलपत्र परेपछि निर्माण स्थलमा पुर्याइएका निर्माण सामाग्री समेत रुग्ण बन्दै जान थालेका छन ।वाईपीएमआर जेभीका प्रोपराइटर रेशम भट्टराईलेछलगार्ड खोला र तल्नुबगरको पुलको करिब ३५ प्रतिशत  काम गरिसकेकाे दाबी गरे  ।

खदाङको पुल निर्माणमा स्थानीयले अवरोध गरेको एक वर्ष भयो । ल्याएको करोडौंको छड, एक्साभेटर, क्रसर लगायतका निर्माण उपकरण र सामग्री अलपत्र छन् । खदाङको विवाद नसुल्झिएसम्म अन्य दुवै ठाउँका पुलमा काम गर्न नसकिने निर्माण कम्पनीका प्राेपराइटर भट्टराईले बताए ।तीनवटै पुलको एउटै प्रोजेक्ट भएक्काले

‘यो प्रोजेक्टमा मेरो करोडौं लगानी भइसकेको छ । छलगार्ड र तल्नुबगरको मात्र पुल निर्माण गर्नुस् खदाङको पुल विवाद सुल्झेपछि गर्नु भनेर पुल सेक्टर कार्यालय सुर्खेतले लिखित पत्र दिएमा भने  तुरुन्तै काम सुरु गरिने निर्माण कम्पनीका प्राेपराइटर भट्टराईले बताए । अन्यथा  एउटा अलपत्र पारेर बाँकीको काम गर्न सकिँदैन,’ भट्टराईले भने ।

सडक विभागअन्तर्गतको पुल सेक्टर कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख देवेन्द्र भट्टराईले फागुनभित्र काम सुरु नगरे पेस्की रोक्ने लगायतका पहिलो चरणको आवश्यक कानुनी प्रक्रिया अघि  बताए ।

काम सुरु गर्ने विषयमा निर्माण कम्पनीलाई लिखित तथा मौखिक जानकारी गराउने प्रमुख  भट्टराईले  डाेल्पान्युजलाई  बताए ।पुल निर्माण गर्दा बस्ती र नागरिकको पायक पर्ने गरि गरिनु पर्छ तर

जनताको आवश्यकतालाई नबुझेर पुल बनाइएमा स्थानीयको अवरोध कायमै हुने ’ त्रिपुरासुन्दरी–५ का स्थानीय तथा वडा अध्यक्ष नरबहादुर झांक्रीले बताए ।उनले भने केही ब्यक्तिहरुकाे भनाइमा लागेर ‘डीपीआर गर्दा पनि हाइड्रोपावरको काम हो भन्दै जनतालाई झुक्याइएकाे पाइयो  । पुल बनाउने भनेको भए त्यसबेला नै हामी पायक पर्ने स्थानमा पुलको नापजाँच गर्न लगाउने थियौं ।पुल निर्माणमा देखिएकाे अवराेधलाई सुल्झाउन त्रिपुरासुन्दरी नगरका नगरप्रमुख जनचन्द्र राेकायाले जिल्ला प्रशासन सम्बन्धित निर्माण कम्पनी र खदाङका स्थानीय बीच बारम्बार सर्वदलिय सर्वपक्षीय छलफल गर्दा समेत समस्या समाधान भएकाे छैन ।

तपाईको प्रतिक्रिया