ताजा समाचार

ठुलीभेरी–९ मोतिपुरको सिङ्गो दलित बस्ती कांग्रेसमा प्रवेश, अन्य दल परित्याग

डाेल्पा
डोल्पाको ठुलीभेरी नगरपालिका–९ मोतिपुरस्थित सिङ्गो दलित बस्ती नेपाली कांग्रेसमा प्रवेश गरेको छ। दलजित दमाइ, सुनरूपा दमाई, सन्तोष परियार, युवराज परियार, मनविर नेपाली, धनरूप दमाई, विष्णु नेपाली, हस्त नेपाली, पुन्टे नेपाली र धनलाल नेपालीसहित उनीहरू कांग्रेसमा आबद्ध भएका हुन्।
नवप्रवेशीहरू यसअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एमालेमा सक्रिय थिए। पार्टी सचिव हिक्मत शाहीको उपस्थितिमा आयोजित कार्यक्रममा नगरप्रमुख सुवर्ण बुढा र वडा नम्बर–९ का अध्यक्ष सुवास कठायतले अबिर टीका र पार्टीको राईका लगाएर उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा नवप्रवेशीहरूले देशमा स्थायित्व, लोकतन्त्र र सिद्धान्तमा अडिग रही अघि बढेको एकमात्र देशभक्त पार्टी नेपाली कांग्रेस भएको निष्कर्षसहित कांग्रेस रोजेको बताएका छन्।
निकट भविष्यमा हुने निर्वाचनको मिति नजिकिँदै जाँदा डोल्पामा नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर तीव्र भएको छ। यस प्रवेशले पार्टीप्रतिको विश्वास र जनआधार थप मजबुत हुँदै गएको संकेत गरेकाे वडाअध्यक्ष सुवास कठायतले बताए ।

तपाईको प्रतिक्रिया