विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पा र जिल्लास्थित पत्रकारहरूबीच समन्वयत्मक बैठक सम्पन्न भएकाे छ ।आधिकारिक सूचना आदान–प्रदानलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बैठक सम्पन्न भएको हाे।जिल्ला प्रशासन र संचारकर्मीहरु बीच याे प्रकारकाे बैठक पहिलाे पटक भएकाे हाे ।कर्णालीकै पहिलाे महिलन पत्रकारकाे रुपमा डाेल्पा पुगेसंगै प्रमुख जिल्ला अधिकारी श्री जुनु हमाल ढकालको अध्यक्षतामा समन्वयत्मक बैठक भएकाे हाे । बैठकमा जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकले जिल्ला प्रशासन कार्यालय र पत्रकारहरूबीच सूचनाको सहज आदान–प्रदानका साथै छिटाेछरिताे र सत्यतथ्य सुचना के कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएकाे छ ।पत्रकार महासंघ डोल्पा शाखाका सचिव लेख बहादुर बुढालाई पत्रकारतर्फको समन्वयत्मक बैठकले फोकल पर्सन समेत तोक्ने निर्णय गरेको छ।
त्यसैगरी, आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा रहेको सञ्चार प्रणालीलाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ। यसका लागि सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र सूचना प्रवाहलाई निरन्तरता दिन आग्रह गरिएको छ।यसकाे साथै बैठकमा सहभागी पत्रकारहरुले आगामी निर्वाचन लक्षित प्रभावकारी संचार प्रणाली ब्यवस्थापन,सुरक्षा पुर्व सतर्कता उपल्ला डाेल्पामा खटिने निर्वाचन कर्मचारी सुरक्षाकर्मीलाई सहज र स्वास्थ्य सुरक्षा सहितकाे ब्यवस्थापनमा ध्यान दिनु पर्नेमा प्रशासन प्रमुखलाई सुझाब दिएका छन ।
प्रजिअ ढकाल ( हमाल) ले छिटाे छरिताे सत्यतथ्य सुचना प्रवाहलाई प्रभावकारी बनाउन र सुचनाआदानप्रदानमा सहजता ल्याउन नै प्रशानका सहायक प्रजिअ रमेश पाैडेल र पत्रकारकाे तर्फवाट लेख बुढालाई फाेकल प्रसन ताेकिएकाे बताइन ।
बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जुनु हमाल( ढका) सहायक प्रजिअ रमेश पाैडेल पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा ,विष्णुलाल बुढा महासंघ सचिव लेख बुढा पत्रकार टेक शाही मेनुका बुढा र आनन्दसि रावल सहितका पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

डोल्पा न्यूज । ११ माघ २०८२, आईतवार १५:२४