ताजा समाचार

ठुलीभेरी नगरपालिकाको नगरबस भाडा परिमार्जन,कुन रुटमा कति घट्यो ?

ठुलीभेरी नगरपालिकाद्वारा सञ्चालित नियमित नगरबस सेवाको भाडादर पुनरावलोकन गरी संशोधन गरिएको छ। नगर कार्यपालिकाको मिति २०८२ मङ्सिर ९ गते बसेको बैठकले स्थान अनुसार नगरबस भाडा परिमार्जन गर्ने निर्णय गरेअनुसार नयाँ भाडादर सार्वजनिक गरिएको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार जुफाल–डोल्पा सडकखण्ड तथा विभिन्न गन्तव्यमा सञ्चालन हुने नगरबस सेवाको भाडा दूरी, यात्रुको चाप र व्यवहारिक अवस्थालाई मध्यनजर गर्दै समायोजन गरिएको छ। निर्णयअनुसार केही रुटमा भाडा यथावत् राखिएको छ भने अधिकांश रुटमा भाडा घटाइएको छ।
संशोधित भाडादर मिति २०८२ माघ १० गतेदेखि लागू हुने नगरपालिकाले जनाएको छ। यस निर्णयबाट स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण यात्रुलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको नगरप्रमुख सुवर्ण बुढाले बताए।
नगरपालिकाले नगरबस चालक तथा सम्बन्धित पक्षलाई नयाँ भाडादर कडाइका साथ लागू गर्न आग्रह गर्दै तोकिएको भन्दा बढी भाडा असुली भए कारबाही गरिने चेतावनीसमेत दिएको छ।
नगरबस भाडादर सूची (रु.)गन्तव्य (स्थान) पहिलेको भाडा
हाल लागू भाडा दुनै – जुफाल २००  बाट घटाएर १५० दुनै -मोतिपुर १५० बाट  १०० त्रिपुराकोट – दुनै २५० बाट २०० दुनै – सुलिगाड ५० बाट  ५० जुफाल – मोतिपुर ५०बाट  ५० जुफाल – सुलिगाड १५० बाट १०० दुनै – कालागौँडा १०० बाट ५० जुफाल – कालागौँडा १०० बाट  ५० दुनै – जेरिगाड ५० बाट  ५० त्रिपुराकोट – जुफाल १५० बाट  १०० भाडादर कायम गरिएकाे छ ।

तपाईको प्रतिक्रिया