डोल्पा । आगामी निर्वाचनमा पार्टी उम्मेदवारको पक्षमा सशक्त माहोल निर्माण गर्दै चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यले नेकपा एमाले जिल्ला कमिटी डोल्पाले निर्वाचन प्रचार समिति गठन गरेको छ।
मंगलबार बसेको जिल्ला कमिटी बैठकले पार्टीका सचिवालय सदस्य तथा जगदुल्ला गाउँपालिका इन्चार्ज टेकबहादुर शाहीको संयोजकत्वमा तीन सदस्यीय प्रचारप्रसार विभाग गठन गर्दै निर्वाचन केन्द्रित अभियानलाई आक्रामक ढंगले अघि बढाउने निर्णय गरेको हो।
पार्टी तथा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिलाई आम नागरिकसम्म प्रभावकारी रूपमा पुर्याई उम्मेदवारलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले गठन गरिएको उक्त विभागमा संयोजक शाहीसँगै सदस्यहरूमा रुपलाल बोहोरा र सरोज थापा रहेका छन्।
नेकपा एमाले डोल्पाका अनुसार, प्रचारप्रसार विभागले पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डालाई सुस्पष्ट, तथ्यपरक र जनमुखी ढंगले प्रस्तुत गर्दै चुनावी मैदानमा निर्णायक भूमिका खेल्नेछ। विभागको संयोजकको जिम्मेवारी पाएपछि शाहीले निर्वाचन अभियानलाई परिणाममुखी बनाउँदै पार्टीका गतिविधिलाई अझ प्रभावकारी रूपमा जनतामाझ पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
एमाले डोल्पाको आक्रामक चुनावी तयारी, प्रचार संयोजकमा टेक शाही
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ६ माघ २०८२, मंगलवार २१:०८