विष्णुप्रसाद देवकोटा
डोल्पा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि डोल्पाकी अन्जु महतारा सिफारिस भएकी छन्। महतारा तत्कालीन नेकपा एकीकृत समाजवादीको भागमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट महिला कोटामा राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएकी हुन्।उनी ठूलिभेरी नपा- ३ दुनै कि स्थायी बासिन्दा हुन ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन हुने भएपछि नेपाली कम्युनिस्ट पार्टीले भने एक्लै उम्मेदवारी सिफारिस गरेको छ।
माघ ११ गते हुने निर्वाचनमा कर्णाली प्रदेशबाट दुई सिटमा प्रतिस्पर्धा हुँदैछ। गठबन्धनका तर्फबाट खुला सिटमा नेपाली कांग्रेसका ललितजंग शाही र महिला सिटमा नेकपा एमालेकी मिना सिंह रखाल उम्मेदवार रहेका छन्।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट कर्णाली प्रदेशमा खुला सिटमा तत्कालीन नेकपा माओवादी केन्द्र निकट बुद्धिप्रसाद शर्मा र महिला सिटमा तत्कालीन नेकपा एकीकृत समाजवादी निकट अन्जु महतारा उम्मेदवार रहेका छन्।
कर्णाली प्रदेशमा हुने यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
राष्ट्रिय सभा निर्वाचनः कर्णालीबाट डोल्पाकी अन्जु महतारा महिला कोटामा सिफारिस
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २३ पुष २०८२, बुधबार १४:०४