ताजा समाचार

डाेल्पा त्रिपुरासुन्दरी–८ पहाडामा एमाले त्याग: नौ जना नेपाली कांग्रेस प्रवेश

त्रिपुरासुन्दरी नगरपालिका–८ पहाडाका नेकपा एमालेसँग आवद्ध नौ जना स्थानीय नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा रामचन्द्र बिक, बिरचन्द्र बिक, शोभा बिक, बिसलाल बिक, आईता बिक, सूर्य बिक, नौ रूपा बिक, हरिकृष्ण बिक र रत्ना बिक रहेका छन्।
उनीहरूले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल्य–मान्यता आत्मसात गर्दै नेपाली कांग्रेस रोजेको बताएका छन्। नवप्रवेशीहरूलाई पार्टीका सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर बुढाले स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय हुन आग्रह गरेका छन्।
चुनावी प्रचारप्रसारका क्रममा मुड्केचुला र जगदुल्ला गाउँपालिकाका विभिन्न वडाबस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरी त्रिपुरासुन्दरी प्रवेश गर्दा देखिएको जनसमर्थनबाट प्रभावित भई उनीहरू पार्टी प्रवेश गरेको जयनन्द उपाध्याय (जयस)ले जानकारी दिए।
स्थानीय तहमा देखिएको यो राजनीतिक परिवर्तनलाई आसन्न निर्वाचनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाली कांग्रेसले त्रिपुरासुन्दरी क्षेत्रमा संगठन विस्तार र जनविश्वास थप सुदृढ हुँदै गएको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया