डाेल्पा ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्ला अदालत डोल्पाको हाताभित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले मनोनयन दर्ता गरेका हुन्।
सबैभन्दा पहिले नेकपा एमालेका लंकबहादुर रोकायाले उम्मेदवारी दर्ता गरे। त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा र नेपाली कांग्रेसका कर्ण बुढाले उम्मेदवारी दर्ता गराए। अन्य उम्मेदवारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा, उज्यालो नेपाल पार्टीका दिलबहादुर बिष्ट, राप्रपाका हरिप्रसाद डाँगी, मितेरी नेपाल पार्टीकी जुनु भण्डारी, स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसी ऐडी ले मनाेनयन पत्रर दर्ता गरेकाे मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताउनु भयाे ।डोल्पामा यति धेरै उम्मेदवारी परेको यो पहिलो पटक हो। मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा, नेपाली कांग्रेसका कर्ण बुढा र नेकपा एमालेका लंकबहादुर रोकायबीच हुने देखिन्छ।
एमालेका लंकबहादुर रोकाया पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन्। यसअघि उनी लगातार दुई पटक गाउँपालिका अध्यक्ष पदमा पराजित भएका थिए।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा तीन पटक प्रतिनिधिसभा सदस्य र दुई पटक मन्त्री भइसकेका छन्। उनी २०७०, २०७४ र २०७९ को निर्वाचनमा विजयी भएका थिए। यसअघि राप्रपा, एमाले र एकीकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार कर्ण बुढा २०७६ सालमा कांग्रेस प्रवेश गरेका हुन्। त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य थिए। राप्रपाबाट तीन पटक प्रतिनिधिसभा चुनाव लडे पनि उनी पराजित भएका थिए। राप्रपाले २०७४ मा थ्रेसहोल्ड नकटाएपछि उनी कांग्रेस प्रवेश गरी केन्द्रीय सदस्य मनोनीत भएका थिए।हाल उनी सहमहामन्त्री छन ।नेपाली कम्युनिस्ट पाटीका उम्मेदवार धनबहादुर बुढा र नेपाली कांग्रेस उम्कर्ण बुढा सहाेदर दाज्यु भाइ हुन ।
उम्मेदवारीसँगै डोल्पामा दाजुभाइबीचको कडा राजनीतिक भिडन्त हुने देखिएको छ।उम्मेदवारी दर्ता गर्नु अघि र उम्मेदवारी दर्ता पछि बाजागाजा सहित उम्मेदवारले बजार परिक्रमा गरेका थिए ।

डोल्पा न्यूज । ६ माघ २०८२, मंगलवार १७:४७