डोल्पा । ठूलीभेरी नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गर्दै ५० भन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नेकपा एमाले डोल्पा जिल्ला कमिटीका उप–सचिव लोकेन्द्र रानाको नेतृत्वमा जिल्ला कमिटी सदस्यद्वय महिनबहादुर ठकुल्ला र शान्ति राना, काइके गाउँ कमिटीका अध्यक्ष राजु रोकाय तथा सचिव सूर्यकुमार बुढा सहित २५ जना नेता–कार्यकर्ता नेकपामा समाहित भएका हुन्।
यसैगरी, ठूलीभेरी नगरपालिका अन्तर्गत एमालेका पूर्व नगर कमिटी अध्यक्ष मानव बोहोरा, युवा नेता ओमबहादुर रोकाय, यज्ञबहादुर बुढा, रमेश कार्की, दुधसिंह कार्की लगायत गरी कुल ५० भन्दा बढी नेता–कार्यकर्ता औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्।
ठूलीभेरी नगरपालिका–जुफालमा आयोजित पार्टी एकता सभा तथा ठूलीभेरी निर्वाचन परिचालन कमिटीको बैठक, परिचालन कमिटीका संयोजक हरिप्रसाद डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर बुढा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा निर्वाचन परिचालन जिल्ला कमिटीका संयोजक तथा केन्द्रीय सदस्य हंशबहादुर शाही, केन्द्रीय सदस्य धर्मजित बोहोरा, बुद्धि झाक्री, डोल्पा जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन परिचालन कमिटी घोषणा
बैठकले ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा निर्वाचन परिचालन कमिटीका संयोजक तथा सह–संयोजक घोषणा गरेको छ।संयाेजक तथा सह संयाेजकहरुमा वडा १: संयोजक– मुकुन्द रोकाय सह–संयोजक– कमन रोकायवडा २: संयोजक– भीमप्रसाद रोकाय सह–संयोजक– निराजन वि.क.वडा ४: संयोजक– लिलराज रोकाय सह–संयोजक– रमेश बुढा वडा ५: संयोजक– केशरबहादुर रोकाय सह–संयोजक– मनवीर वि.क. प्रचार संयोजक– राजेन्द्र रोकायवडा ६: संयोजक– नरभूम रोकाय सह–संयोजक– पूर्णबहादुर बुढा वडा ७: संयोजक– सत्य विक सह–संयोजक– विष्णुकुमारी शाही वडा ८: संयोजक– विशाल बुढा सह–संयोजक– योगेन्द्र डाँगी वडा ९: संयोजक– हरिनन्द डाँगी सह–संयोजक– भुपेन्द्र शाही वडा १०: संयोजक– अनिल विक सह–संयोजक– अनिता विक वडा ११: संयोजक– रोहित कार्की सह–संयोजक– विष्णु कार्की त्यसै अवसरमा युवा परिचालन जिल्ला सह–संयोजक देविसर बुढाको उपस्थितिमा १८ सदस्यीय ठूलीभेरी नगर युवा कमिटी समेत गठन गरिएको प्रचार विभाग संयाेजक प्रेमबहादुर बाेहाेराले बताए ।

डोल्पा न्यूज । ११ माघ २०८२, आईतवार १७:४२