ताजा समाचार

गगन र विश्व बारेमा निर्णय लिन कांग्रेस केन्द्रीय समितिकाे आकस्मिक बूठक अहिले बस्दै

काठमाडौं ।विशेष महाधिवेशन नराेकिने भएपछि  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले ९ बजे बस्न थालेकाे छ । ।महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा विशेष महाधिवेशन बोलाएर पार्टी विभाजनको गतिविधि गरेकाे भन्दै उक्त  विषयमा  गम्भीर निर्णय लिन आकस्मिक बैठक बोलाएको बताइएको छ।

आज शनिबार बिहान कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले  आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक पार्टी कार्यालय, सानेपामा शनिबार पुस २६ गते बिहान ०९ः०० बजे बस्नेछ । बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया