ताजा समाचार

डाेल्पा र डाेल्पालीकाे अवस्था बदल्नउम्मेदवारी: देवसिह ऐडी रास्वपा

विष्णुप्रसाद देवकोटा

डाेल्पा र डाेल्पालीकाे अवस्था बदल्नकाे लागि फागुन २१ मा हुने निर्वाचनमा आफ्नाे भएकाे राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार देवसिंह ऐडीले बताएका छन ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले आफ्नो उम्मेदवारी पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको सेवा र वास्तविक परिवर्तनका लागि भएको ऐडीले बताएका छन्।

उम्मेदवारसंग डाेल्पान्युज कार्यक्रममा“तपाईंको उम्मेदवारी किन र केका लागि ?” भन्ने प्रश्नको उत्तर दिँदै उनले लामो समयदेखि जनताले भोग्दै आएको समस्याको समाधानका लागि आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।

उनका अनुसार देशमा बेरोजगारी, विकासको असमानता, राज्यको पहुँच नपुगेका क्षेत्रको बेवास्ता र युवाको बढ्दो निराशा गम्भीर समस्याका रूपमा देखिँदै आएका छन्। यिनै समस्यालाई नजिकबाट देखेर र भोगेर आएको व्यक्तिका रूपमा जनताको पीडा, आवश्यकता र आवाजलाई संसदसम्म पुर्‍याउनु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए।

उम्मेदवारले परम्परागत राजनीतिक अभ्यासले जनअपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै अब जनउत्तरदायी, पारदर्शी र जवाफदेही राजनीतिक नेतृत्व आवश्यक रहेको धारणा समेत व्यक्त गरे। उनले भने, “राजनीति सत्ता र लाभका लागि होइन, जनताको जीवन बदल्ने माध्यम हुनुपर्छ।”

आफ्नाे उम्मेदवारी व्यवस्था फेरिनेभन्दा पनि अवस्था फेरिने विश्वासका साथ अघि बढाइएको कदम भएकाे उनले दावी गरे ।जनताको विश्वास र समर्थन पाएपछि संसदमार्फत रोजगारी, आधारभूत सेवा, विकास र सुशासनसँग जोडिएका मुद्दा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया