विष्णुप्रसाद देवकोटा
डोल्पा।
डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुने र घाइते यात्रुको पहिचान खुलेको छ। दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ का अन्दाजी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
सोमबार दिउँसो करिब २:२० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेपछि दुर्घटना भएको हो। जिप जुम्लाको चन्दननाथ नगरपालिका–८ निवासी अन्दाजी ३५ वर्षीय बिन्दास रावलले चलाएका थिए।
दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये धनबहादुर डाँगी, भीमप्रसाद बुढा, नन्दराम शाही, आवास रोकाय र पृतम बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै लालदेवी रोकाय, कर्णसरा बुढा, धिरेन्द्र बुढाथोकी, डिल्लीप्रसाद उपाध्याय, नित्यानन्द अधिकारी तथा चालक बिन्दास रावलको अवस्था मध्यम रहेको छ। उनीहरूको टाउको, ढाड, छाती, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चार जनालाई तत्काल अर्को जिपमार्फत थप उपचारका लागि जुम्ला पठाइएको छ भने अन्य घाइतेको अवस्था र उपचारबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।
डाेल्पा मौरेलेख जिप दुर्घटना : एकको मृत्यु, ११ घाइतेको पहिचान सार्वजनिक
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ असार २०८३, आईतवार १७:२७