ताजा समाचार

डाेल्पाकाे जगदुल्ला पाटन क्षेत्रबाट २ जना पक्राउ

विष्णुप्रसाद देवकोटा
डाेल्पा । यार्सागुम्बा संकलनकाे समय नजिकिदै जांदा अबैध रुपमा चाेर्ने क्रम बढेसंगै पक्राउ पर्ने क्रम पनि बढेकाे छ ।निकुन्ज सुरक्षार्थ खटिएकाे नेपाली सेना र निकुञ्ज कर्मचारी सहितकाे संयुक्त सुरक्षा गस्तीले आफ्नाे गस्ती बढाएसंगै पक्राउ पर्ने क्रम बढेकाे हाे ।
यसै बीच ठुलेपाल्ता पाटनमा यार्सागुम्बा चोर्न जाने २ जना पक्राउ परेका छन ।
जगदुल्ला गाउँपालिका १ स्थित ठुलेपाल्ता पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने सोही वडाकी ३२ वर्षीय लामु बुढा र जुम्लाको गुठीचौर गाउँपालिका १ मणिसागु बस्ने ३८ वर्षीय काली महतारालाई निकुञ्जको तोईजुमस्थित नेपाली सेनाको सुरक्षा पोष्टले पक्राउ गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत विज्ञान सेनले जानकारी दिए ।
उनीहरूको साथबाट मोबाइल १ थान, झोला २ वटा, कुटी २ वटा तथा सलाइ २ वटा बरामद गरेको छ ।
यार्सा संकलको लागि पाटनहरु नखुल्दै निकुञ्जले आफ्नो क्षेत्रभित्र लुकिछिपी यार्सागुम्बा संकलन गर्ने जाने २५ जनालाई यो भन्दा अगाडि पक्राउ गरिसकेको छ ।
यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका सम्पूर्ण यार्सापाटनहरु जेठ १० गते खुल्ला गरिने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया