डोल्पा, साउन ३१ गते । ठूलीभेरी नगरपालिका–४ तिप्लाकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।
ठूलीभेरी नगरपालिका–४ तिप्ला बस्ने बिर्खबहादुर रोकायाकी श्रीमती अन्दाजी ४० वर्षीया जया कुमारी रोकाया सोही वडाको खड्डा क्षेत्रस्थित जंगलको भिरबाट लडेर मृत अवस्थामा फेला परेकी हुन्।
आइतबार दिउँसो करिब १ः३० बजेको समयमा उनी भिरबाट लडेर मृत्यु भएको भन्ने सूचना स्थानीय बमबहादुर बुढामार्फत प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताइएको छ।
घटनाको थप विवरण तथा मृत्युको कारणबारे प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
डाेल्पामा भिरबाट लडेर महिलाको मृत्यु
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३१ श्रावण २०८३, आईतवार १५:३२