ताजा समाचार

डाेल्पा त्रिपुरासुन्दरीमा नेकपाको ५५ सदस्यीय नगर समिति


विष्णुप्रसाद देवकोटा
डोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) डोल्पाले त्रिपुरासुन्दरी नगरपालिकामा ५५ सदस्यीय नगर समिति गठन गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बगरमा बिहीबार सम्पन्न एकता बैठकले रन्जित बुढालाई नगर संयोजक तथा कल्पना बस्नेत र धनचन्द्र धरालालाई सहसंयोजक चयन गरेको छ।

नेकपा डोल्पाका जिल्ला सहसंयोजक बबि किशोर गुरुङका अनुसार जिल्ला संयोजक धर्मजित बोहोराले नगर समिति घोषणा गरेका थिए भने जिल्ला इन्चार्ज हंसबहादुर शाहीले नवघोषित समिति पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराएका थिए।
बैठकले नगरपालिकाअन्तर्गतका विभिन्न वडाका इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकसमेत चयन गरेको छ।
जिल्ला कार्य संयोजन समितिले गत असोज १ गतेदेखि सुरु गरेको एक महिने विशेष अभियानअन्तर्गत त्रिपुरासुन्दरीमा पहिलो पालिका एकता तथा संगठन विस्तार कार्यक्रम गरिएको हो।

अभियानमार्फत जिल्लाभर पार्टी संगठन विस्तार र एकीकरणका गतिविधिलाई तीव्रता दिइएको नेकपा डोल्पाले जनाएको छ।यसैगरी
अभियानकै निरन्तरता स्वरूप शुक्रबार ठुलीभेरी नगरपालिकामा पालिका एकता बैठक तथा नगर समिति घोषणा गरिने पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया