ताजा समाचार

नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर अधिवेशन सर्वसम्मत, सभापतिमा कर्णचन्द्र रोकाया


डोल्पा । नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगरपालिकाको १५ आै नगर अधिवेशनबाट कर्णचन्द्र रोकाया नगर सभापतिमा निर्विरोध चयन भएका छन ।उनीसँगै २२ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
अधिवेशनले उपसभापतिमा धर्मलाल बुढा र सचिवमा नरेन्द्र धरालालाई सर्वसम्मत चयन गरेको छ। अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत निर्वाचित भएका हुन्।
नवनिर्वाचित कार्यसमितिले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया